प्रतिनिधिसभा सदस्य पौडेल लाई दुर्ब्यबहार गर्ने दुई जना पक्राउ

शम्भु थापा 

रौतहट, साउन १३ । प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका–३ घर भई वडा नं ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान तथा गढीमाई नगरपालिका–३ गहिरिया बस्ने १९ वर्षीय ईर्फान अन्सारी रहेको प्रहरीले जनाएको छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते दिउँसो गढीमाई नगरपालिका–७ पर्सास्थित मठ मन्दिर नजिक प्रतिनिधि सभा सदस्य पौडेलले जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला ‘मधेश मुक्ति अभियान नामक समुह बाट अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा ७ दिन पछि उनीहरु पक्राउ परेका हुन । दुर्ब्यबहार गरेपछि मधेश मुक्ति अभियान जिन्दाबाद’ लगायतका नारा लेखिएका पर्चा घटनास्थलमा फालेर उनीहरु भागेका थिए । पक्राउ परेकाहरु लाई अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनु भयो । उहाका अनुसार  घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑