अनुकुल कर्मचारीलाई पटक-पटक आफूसंगै सरुवा गर्ने प्रवृत्तिबारे डिएफओको टिप्पणी

शम्भु थापा
रौतहट, १८ असोज । सरकारी निकायका प्रमुखले आफू अनुकूलका मातहतका कर्मचारीलाई पटक–पटक आफूसँगै सरुवा गराउने प्रवृत्तिबारे डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजनल वन अधिकृत (डीएफओ) मनोजकुमार ठाकुरले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउनुभएको छ।
ठाकुरले फेसबुकमा लेख्नुभएको छ, “हजुरको विचारमा, सरकारी निकायका प्रमुखले सरुवा गर्ने निकायमा भनसुन गरी आफ्नो अनुकूलको मातहतका कर्मचारी पटक–पटक आफूसँग सरुवा गराउनु ठीक? कि.....”
उहाँको उक्त अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै बलिराम पण्डितले “कुशासनको उदाहरण” भएको टिप्पणी गर्नुभएको छ।
सरकारी कार्यालयका प्रमुखसँगै आफू निकटका कर्मचारीसमेत पटक–पटक सरुवा हुने विषय पछिल्लो समय प्रशासनिक वृत्तमा चर्चाको विषय बन्दै आएको छ। एउटै नेतृत्वसँग सम्बन्धित कर्मचारीको निरन्तर सरुवाले कर्मचारी व्यवस्थापन, जिम्मेवारी बाँडफाँट तथा संस्थागत सुशासनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नसमेत उठ्ने गरेको छ।
यद्यपि, ठाकुरले आफ्नो पोस्टमा कुनै कार्यालय, व्यक्ति वा घटनाको नाम उल्लेख गर्नुभएको छैन। उहाँको टिप्पणी कुन विशेष सरुवा प्रक्रियालाई लक्षित गरेर गरिएको हो भन्ने स्पष्ट छैन।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑