रौतहट, १७ असोज । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुलबहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन भएको छ। निर्वाचन समितिका संयोजक नारायण कार्कीले शेयर सदस्यहरूको उपस्थितिमा नवनिर्वाचित सञ्चालक समितिको नामावली सार्वजनिक गर्नुभएको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा चिरञ्जीवी गौतम, कोषाध्यक्षमा कृष्णचन्द्र पोखरेल र सचिवमा अवधेशहरी भट्टराई चयन हुनुभएको छ। त्यस्तै, सञ्चालक समिति सदस्यहरूमा राजकिशोर गुप्ता, राजनप्रसाद सापकोटा, शारदा भण्डारी, बसन्ती खड्का र भवानीकुमारी चयन हुनुभएको छ। यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बलरामप्रसाद गौतम तथा सदस्यहरूमा धनकुमारी बडाल र राजनारायण चौधरी चयन हुनुभएको छ। नवनिर्वाचित सञ्चालक समितिले आगामी चार वर्षको कार्यकालमा संस्थाको वित्तीय तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै शेयर सदस्यको हित र सहकारीका मूल्यमान्यताअनुसार काम गर्ने प्रतिबद्धता जनाएको छ। सहकारी संस्थाको दिगो विकासका लागि पारदर्शिता, सुशासन, सदस्यको बचतको सुरक्षा तथा प्रभावकारी वित्तीय व्यवस्थापनमा नयाँ समितिको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया थप्नुहोस्