चन्द्रपुर नगरपालिका वडा नम्बर २ को कार्यालय तोडफोड

रौतहट २८ असोज। रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित वडा कार्यालयमा गएराति अज्ञात व्यक्तिले तोडफोड गरेका छन्। अज्ञात व्यक्तिले वडा कार्यालयमा तोडफोड गर्नुका साथै विशेषगरी विद्युत्का तारहरू नष्ट गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तोडफोड गर्नुको कारण र कार्यालयमा भएको क्षतिको विस्तृत विवरणसमेत आउन बाँकी छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑