मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमातीनजना पक्राउ

पार्टपुर्जा खोलेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा

शम्भु थापा
रौतहट, २७ असोज । चोरी गरिएको मोटरसाइकलका पार्टपुर्जा खोलेर राखेको अवस्थामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ​चन्द्रपुर नगरपालिका–७ नयाँ बस्तीस्थित एक घरबाट गत असोज २४ गते राति मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको २०० सीसी एनएस मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले गुजरा नगरपालिका–२ कटानीटोलस्थित शुभनारायण साहको घरमा रहेको वर्कसपमा खानतलासी गर्दा मोटरसाइकलको ट्याङ्की, चक्का लगायतका पार्टपुर्जा खोलिएको अवस्थामा फेला पारेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका–१० बस्ने १९ वर्षीय अर्जुन चौधरी, पर्साको वीरगञ्ज महानगरपालिका–३१ बस्ने १९ वर्षीय आनन्द गौरो र सोही स्थानका १९ वर्षीय शिवशंकर दासलाई पक्राउ गरेको छ। वर्कसप सञ्चालक २४ वर्षीय राहुल चौधरीको साथबाट पनि आवश्यक नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
​चोरीका घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑