रौतहटका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार, दाेषीको खोजी तीव्र

रौतहट, साउन ०७ — रौतहट निर्वाचन क्षेत्र नं. ४ का सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार भएको छ।

गढीमाई नगरपालिका–पर्सामा जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा आफूलाई 'मधेश मुक्ति अभियान'सँग आबद्ध बताउने समूहका व्यक्तिहरूले सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार गरेको बताइएको छ।

घटनास्थलमा रातो झण्डा र पर्चासहित पुगेका व्यक्तिहरूमध्ये एक मुख्य संलग्न व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको र मुख्य आरोपितलाई पक्राउ गर्न खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑