एसपी धम्क्याएको आरोपमा नेता अशोक यादव पक्राउ

२३ भदौ, काठमाडौं ।  नेकपाका नेता अशोक यादव पक्राउ परेका छन्। पक्राउ पश्चात् मधेश प्रदेशका डीआईजी ओम अधिकारीले उनलाई पक्राउ गरिएको पुष्टि गरे । २०८२ असारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालिन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा यादवलाई पक्राउ गरिएको हो।

 यादवले टेलिफोन संवादमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसपछि प्रहरीले खोजी गर्दा उनी प्रहरीको फरार सुचीमा रहेका थिए । अहिले आएर उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको डीआईजी अधिकारीले बताए ।

उनले प्रहरीलाई धम्क्याउँदा उनी जसपाको नेता थिए। हाल अशोक यादव नेकपामा सक्रिय छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑