शम्भु थापा
२०८३ असोज २१, बुधबार
रौतहटको चन्द्रपुरन.पा वडा नं ८ स्थित रहेको कोटिहोम क्रीकेट खेल मैदानमा नेपाल प्रीमियर लिग (NPL) को तयारीका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम Janakpur Bolts ले उदयमान क्रीकेट खेलाडीको खोजी (Talent Haunt) दुई दिने बन्द प्रशिक्षण कार्यक्रम शुरु गर्ने भएको छ। जसमा देशभरिबाट ४४६ जना मध्य एकजना खेलाडीले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने छन् । खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीले सिधै जनकपुर बोल्ट्सको टिममा अनुबन्धित हुने मौका पाउनेछन्। खेलको शुभारम्भ असोज २२ र २३ गते बिहान ८:३० बजे कोटिहोम क्रीकेट खेल मैदानमा हुनेछ।
प्रतिक्रिया थप्नुहोस्