संकल्प सहकारीबाट लाखौं बराबरको रकम चोरी

चन्द्रनिगाहपुर, रौतहट —  २०८३ भदौ २८, आइतबार । रौतहटको चन्द्रनिगाहपुर वडा नं ५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. (संकल्प साकोस) को कार्यालयमा चोरी भएको छ। आइतबार बिहान कार्यालय खोल्ने क्रममा चोरी भएको घटना सार्वजनिक भएको हो। चोरले सहकारी संस्थाको भल्ट फोडेर भल्टमा राखिएको नगद रु. २१ लाख ६१ हजार ५३४ चोरी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। साथै, कार्यालयमा जडान गरिएको सीसी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भएको बताइएको छ।
चोरीको घटना शुक्रबार वा शनिबार राति भएको हुनसक्ने अनुमान गरिए पनि यकिन समय भने खुल्न सकेको छैन।घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा मुचुल्का तयार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएको रकम र सामग्रीको खोजीका लागि अनुसन्धान गरिरहेको जनाएको छ।घटनाबारे संकल्प साकोसका व्यवस्थापक युवराज पौडेलले घोडदेवी न्युजलाई जानकारी गराउनुभएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

↑